नियम १९४
धरौटी बापतको पेश्की
(१) गाउ“ विकास समिति र नगरपालिकाले टेलिफोन, धारा,
बत्ती र यस्तै अन्य सुविधा बापत धरौटी राखेको रकमको विवरण निर्धारित ढा“चामा
जिल्ला विकास समितिमा पठाउनु पर्नेछ । त्यस्तो विवरण प्राप्त भएपछि सो
कार्यालयले धरौटी रकमको छुट्टै लगत जनाई त्यसको सूचना गाउ“ विकास समिति र
नगरपालिकालाई दिनु पर्नेछ । जिल्ला विकास समितिको लागि पनि यही प्रक्रिया
अपनाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि गाउ“ विकास समिति र
नगरपालिकाले आÇनो पेश्की खातामा फछ्र्यौट जनाउनु पर्नेछ ।